
काठमाडौं, २४ मंसिर । नुवाकोटमा १६ वर्षीया किशोरी र उदयपुरमा ११ वर्षीया बलात्कृत भएका छन् ।
प्रहरीका अनुसार नुवाकोटमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका–२ कोल्पु बस्ने ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई बिहीबार बिहान पक्राउ गरेको छ ।
बलामीले ती किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै उदयपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेकबहादुर सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया