८ कार्तिक २०८३, आइतबार

बहुविवाह मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २४ मंसिर । बहुविवाह मुद्दाका फरार एक जना प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१० का ३३ वर्षीय बसन्त नेपाली छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले नेपालीलाई बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर गरेको थियो । तर, सजायको डरले नेपाली भने फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले गुल्मी रेसुङगा नगरपालिका–९ उपल्लो तम्घासमा लुकिछिपी बसेको अवस्थामा फेला पारी सात वर्षपछि पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।