४ कार्तिक २०८३, बुधबार

लमजुङकै अग्रणी रेडियो मस्र्याङ्दी नवौँ बर्षमा प्रवेश,

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radioलमजुङ, १ वैशाख । लमजुङकै अग्रणी सामुदायिक रेडियो मस्र्याङ्दी आज देखि नवौँ बर्षमा प्रवेश गरेको छ । लमजुङमा पहिलो पटक वि.स २०६४ साल बैशाख १ गते देखि प्रशारण थालेको सामुदायिक रेडियो मस्र्याङ्दी ९५ मेगाहर्जले आफ्नो स्थापना दिवसको अवसरमा आज बेसीशहरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लाबासीलाई सुसुचित गर्न एव शुसासन कायम राख्न रेडियो मस्र्याङ्दीले महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो । उहाँले जिल्लाको संचार क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै रेडियोको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । यस्तै स्थानिय विकास अधिकारी विष्णु प्रसाद शर्माले आगमी दिनमा सकारात्मक र रचनात्मक रुपमा अगाडि वढ्न आग्रह गर्नुभएको छ ।

सो अवसरमा बोल्दै नेपाली काँग्रेस लमजुङका सभापती कृष्णप्रसाद कोईरालाले अन्य संचार संस्थालाई पनि अभिभावकत्व प्रदान गर्न आग्रह गर्दै रेडियोले जिल्लामा पत्रकार उत्पादन गर्न महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो । उहाँले रेडियो मस्र्याङ्दीलाई गर्नु सक्ने सबै सहयोग गर्न नेपाली काँग्रेस तयार रहेको बताउनुभयो ।

यस्तै नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले रेडियो मस्र्याङदीले आवाज विहिनहरुको आवाजलाई अगाडि ल्याउन महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो । दवाडीले आफ्नो पार्टी सहयोगका लागी तयार रहेको बताउनुभयो ।

radio marsyangdi 9th aniversary dayयस्तै कार्यक्रममा नेकपा माओवादीका जिल्ला इन्चार्ज मोहनहरी पौडेलले सञ्चार माध्यमलाई वाहिरी रुपमा हेरिएपनि भित्री रुपमा हेर्न नसकिएको वताउनुभयो । उहाँले रेडियोलाई सकारात्मक ढङबाट अगाडि वढ्न आग्रह गर्नुभएको छ । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठले जिल्लामा सत्य, तथ्य घट्नाहरुलाई प्रसारण गर्न रेडियोहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रेडियो मस्र्याङ्दी संचालक समितिका अध्यक्ष गमप्रसाद गुरुङले रेडियो मस्र्याङदीले समाजमा कर्तव्यबोध गराउन सफल भएको बताउनुभयो । कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले रेडियो मस्र्याङदी सामाजिक अगुवा रेडियो भएको भन्दै स्वस्थ्य रुपमा अगाडि वढ्न आग्रह गर्नुभयो । उहाँले औद्योगिक एवं व्यवसायिक क्षेत्रको विकासमा रेडियो मस्र्याङ्दीले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस लमजुङका सचिव आनन्द घिमिरे, नेपाल बार एसोसिएसन लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष भेषबहादुर पौडेल, पुर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ, जिविसका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष नविनराज कुँईकेल, बाल अधिकार अधिकृत नविनचन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, उद्योगी, व्यवसायी, सामाजिक अगुवा, आमा समुह, रेडियोका शेयर सदस्य लगायतले आगामी दिनमा रेडियो मस्र्याङ्दीको ख्याती अझै बढ्ने विश्वास व्यक्त गर्दै जनचेतना जगाउने कार्यमा अझै अघि बढ्न सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण रेडियो मस्र्याङ्दीका स्टेसन म्यानेजर मिना गुरुङले गर्नुभएको थियो भने उपाध्यक्ष धर्मराज श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सञ्चालन गर्न लमजुङ आँखा उपचार केन्द्र र स्टार कलेक्सन एण्ड टेलरिङ सेन्टरले प्रायोजन गरेको थियो । लमजुङमा विद्युतिय संचार माध्यम नभएको अवस्थामा रेडियो मस्र्याङ्दी स्थापना भएको थियो ।

स्थापनाकाल देखि नै गाउँ ठाउँका सर्वसाधारणको आवाजलाई प्राथमिकता दिएर रेडियोले आफ्नो प्रशारण गर्दै आएको छ । अहिले समाचार, अन्वार्ता, शिक्षा, स्वास्थ्य, कृषि, युवा, बृद्धा, लगायतलाई लक्षित गरेर दैनिक १८ घण्टा प्रशारण हुँदै आएको छ ।