
काठमाडौं, २४ मंसिर । पोखरामा भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
आज शुक्रबार बिहान पौने ५ बजे पोखरा महानगरपालिका–२६ विजयपुरमा लु २ ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक अनियन्त्रित भइ पल्टिँदा लमजुङका ४२ वर्षीय भीमबहादुर तामाङको ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाएका अर्का व्यक्तिको परिचय खुलेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया