४ कार्तिक २०८३, बुधबार

परीक्षामा फेल भएर नदीमा हाम फोलेका चारै बालिकाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, १ वैशाख । सोमबार महाकाली नदीमा हाम फालेका चार जना बालिकाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकालीमा बेपत्ता बालिका पूजा कोलीको शव आज दिउँसो दार्चुलाको उकु गाविस क्षेत्रमा पर्ने महाकाली नदीमा भेटिएको जनाएको छ ।

दार्चुलाको दत्तु गाविसमा रहेको राष्ट्रिय उच्च माविमा अध्ययनरत चार बालिकाले सोमबार विद्यालयबाट वार्षिक परीक्षाको नतिजा सुनेर लाब्धाङ्क पत्र लिएर फर्किने क्रममा महाकालीमा सामूहिक रुपमा दोपट्टामा हात बाँधेर हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले प्रहरी टोलीले बेपत्ताको खोजी गर्ने क्रममा बीच महाकालीमा शव भेटिएको बताउनुभयो ।

अन्य तीन बालिकाको शव सोमबार नै भेटिसकेको थियो । बालिकाहरु राष्ट्रिय उच्च माविमा कक्षा–६ र ७ मा अध्ययरत थिए । हाम फालेकामध्ये दत्तु गाविसका वडा नं २ का कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लुहार र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया ममता चुनाराको शव सोमबार नै भेटिएको थियो भने कक्षा–७ मा अध्ययनरत पूजा कोलीको शव आज भेटिएको हो । सोमबार भेटिएका तीनै बालिकाको शव परीक्षणपछि आज परिवारको जिम्मा लगाइसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

“तीन बालिकाको शव आफन्तको जिम्मा लगाइसकेका छौँ ।” उहाँले भन्नुभयो, “आज भेटिएकी बालिकाको शव परीक्षणका लागि सदरमुकाम ल्याइँदै छ ।” तीन बालिकाको शव दत्तु गाविसको पारि भारततर्फ भेटिएको थियो । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० र स्थानीय जनताले शव महाकालीबाट निकालेर नेपाली सुरक्षा निकायलाई हस्तान्तरण गरेका थिए ।

आत्महत्या नै गर्ने मनासायका साथ बालिकाहरुले हाम फालेपछि खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय बनेको थियो । त्यसैगरी बालिकाहरुको शव जिल्ला अस्पताल ल्याउँदा लागेको खर्च राष्ट्रिय उच्च माविका प्राचार्य राजेशसिंह सामन्तले व्यहोर्नुभएको छ । रासस