
धरान, २३ मंसिर । चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड आगामी पुस ३ गते आयोजना हुने ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा आफ्नो प्रस्तुतिका लागि धरान आउने भएका छन्।
रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामाङ अहिले ‘रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल’को शुटिङगमा व्यस्त छन् । विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामाङको केटा–केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक ऑगनमा, म मौनतामा भेटे मैले शिवाजी, जति माया लाए पनिलगायत गीतहरु चर्चित छन् ।

कोभिडको कारणले दुई बर्षदेखि कुनै पनि ठूलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो । कार्यक्रम स्थलमा प्रवेशका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ ।
टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यसअघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७, धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भइसकेको छ ।















प्रतिक्रिया