९ कार्तिक २०८३, सोमबार

नगद दुई लाख रुपैयाँसहित तास खेलिरहेका ६ जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २३ मंसिर । अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङको घोराही नगरपालिका–१३ का ३२ वर्षीय निमबहादुर भण्डारी, रोल्पाको माडी गाउँपालिका–४ का ५७ वर्षीय रणे वली, ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीयरामकृष्ण खड्का र ४० वर्षीय राजेश वली छन् । त्यस्तै रोल्पाकै परिवर्तन गाउँपालिका–४ का ३८ वर्षीय ललित बुढालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय घोराहीले जनाएको छ ।

दाङको घोराही नगरपालिका–१३ डुम्मर गाउँस्थित निमबहादुर भण्डारीको घरबाट पक्राउ परेकाहरूबाट १ लाख ९७ हजार ७५५ रुपैयाँ नगद, ५ गड्डी खोलेको र ५ गड्डी नखोलेको तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को १२५ को उपदफा ६ बमोजिम उनीहरुलाई पहिलो पटकका लागि ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँ जरीवानाको कानुनी व्यवस्था छ । त्यस्तै दोस्रोपटक परेमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरीवाना हुने छ ।