९ कार्तिक २०८३, सोमबार

महाधिवेशनपछि एमाले अध्यक्ष ओलीले आज पहिलोपटक पत्रकारहरूसँग साक्षात्कार गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकारहरूसँग साक्षात्कार गर्ने भएका छन् ।

चितवनको सौराहामा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टी नेतृत्वमा सर्वाधिक मत अन्तरले विजयी भएका निर्वाचित भएपछि आज पहिलोपटक पत्रकारहरूसँग साक्षात्कार गर्न लागेका हुन् । पार्टीसम्वद्ध पत्रकारहरूको ठूलो संगठन प्रेस चौतारी नेपालले आयोजना गर्न लागेको साक्षात्कार कार्यक्रममा आज ओलीले सहभागिता जनाउन लागेका हुन् ।

प्रेस चौतारी नेपालले काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष ओलीको पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलन दिउँसो साढे १२ बजे शुरू हुने चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

सौराहामा मंसिर १० गतेदेखि भएको महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेपछि ओलीको यो नै पहिलो पत्रकार भेटघाट भएको बताइएको छ ।

मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्नुअघि हुने पत्रकार सम्मेलनमा समसामायिक राजनीतिक परिस्थिति, आगामी रणनीति तथा पार्टी अभियानबारे अध्यक्ष ओलीले धारणा राख्ने बुझिएको छ ।