
काठमाडौं, २३ मंसिर । गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आजदेखि शुरू हुने भएको छ ।
एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो आज राति ८ः३० बजेदेखि शुरू हुने ‘नेपाल आइडल’ ४ का होस्ट आसिफ शाहले जानकारी दिएका छन् ।
यस्तै यस सिजनको मुख्य प्रायोजकका रूपमा कोका–कोला रहेको छ । कोका–कोला नेपाल आइडल सिजन–३ को पनि मुख्य प्रायोजक थियो ।
नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू समेत थपिएका छन् । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने भएका छन् ।
त्यस्तै उद्घोषकका रुपमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन् । करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउने बताइएको छ ।















प्रतिक्रिया