१ कार्तिक २०८३, आइतबार

भारतमा चिफ अफ डिफेन्स जनरल रावत सवार हेलिकप्टर दुर्घटना हुँदा ४ काे मृत्यु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ मंसिर । भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार सेनाको हेलिकप्टर दुर्घटना भएको छ ।

भारतको तलिमनाडुको कुन्नुरको घना जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको बताइएको छ ।

हेलिकप्टरमा चिफ अफ डिफेन्स जनरल रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।

हालसम्म दुर्घटनामा ४ जनाको मृत्यु भएको बताइएको छ । बीबीसीका अनुसार तीन जना घाइतेलाई अस्पताल लगिएको बताएको छ । रावतलाई पनि गम्भीर अवस्थामा उपचार गराइरहिको जनाएको छ ।