
काठमाडौँ, २१ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव अनुमति बिनै भारत गएकी छन् ।
मन्त्री यादव विवाहमा सरि हुन सुटुक्क भारततर्फ प्रस्थान गरेको बताइएको छ । उनी बिहारस्थित मोतिहारी जिल्लामा रहेको माइती परिवारका एक सदस्यको विवाहमा सहभागी हुन विराटनगरबाट जोगवनी हुँदै त्यसतर्फ गएको बताइएको छ ।
मन्त्रीले अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि मन्त्री यादवले कुनै अनुमति नलिएको बताइएको छ ।
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य मन्त्री यादव मंसिर १८ गते विराटनगरमा पार्टीको कार्यक्रममा सहभागी भइ गाडीबाट भारत छिरेकी हुन् ।












प्रतिक्रिया