९ कार्तिक २०८३, सोमबार

कानुन व्यवसायीलाई ओलीले भने– प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् ।

नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको छलफलमा ओलीले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने स्पष्ट पार्दै सो कुरा बताएका हुन् ।

ओलीलाई भेट्न गएको कानुन व्यवसायीको टोलीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर उनले राजीनामा वा महाभियोग न्यायलय सुधारको बाटो नभएको जवाफ दिएका छन् ।