९ कार्तिक २०८३, सोमबार

बूढीगण्डकी बनाउने हो, म मन्त्री हुँदै काम थाल्ने हो : अर्थमन्त्री शर्मा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २१ मंसिर । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा नै काम थाल्ने बताएका छन् ।

त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बूढीगण्डकी बनाउने हो ।’

त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए ।

विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए ।