
काठमाडौं, २१ मंसिर । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल मंगलबार बिहान सवा २ बजेतिर ठोक्किएको थियो ।















प्रतिक्रिया