
काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
हिजो सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४औं महाधिवेशनमा आफूले सहमहामन्त्री आदिबासी/जनजाती)पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता आङ्देम्बेले नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउदै २१औं शताब्दीको पार्टीमा रुपान्तरित गरी २१औं शताब्दीका युवा उमेर र सोचहरुलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्न सकिन्छ र त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफूले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए ।















प्रतिक्रिया