
काठमाडौं, २१ मंसिर । संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ ।
हिजो सोमबार बसेको समितिको बैठकले तीन देशका प्रस्तावित राजदूत शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मत अनुमोदन गरेको होे ।
समितिको बैठकले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्दै राजदूत सिफारिश समावेशी बनाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।















प्रतिक्रिया