९ कार्तिक २०८३, सोमबार

कमल थापाको कुर्सीमा बसेनन् नवनिर्वाचित अध्यक्ष लिङ्देन

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज सोमबार पदभार ग्रहण गरेका छन् ।

तर, पदभारपछि पनि उनी आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै बसेका छन् । अध्यक्षका रुपमा यसअघि कमल थापाले प्रयोग गर्दै आएको कोठा र कुर्सी उनले खाली राखेका छन् ।

आगामी दिनमा पनि पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको बताएका छन् । निर्वाचित भएर यसअघि श्रदय नेताहरू बसेको कुर्सीमा आफूलाई बसाल्ने इच्छा नभएको बताउँदै लिङ्देनले भनेका छन्, ‘म राष्ट्रिय प्रजातन्त्र पार्टीमा मेरा श्रद्धेय नेताहरु बसेकै कुर्सीमा बसौं र म पनि त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष पदको दाबी गरेर आएको मानिस होइन ।’

लिङ्देनले भने, ‘त्यहाँ फेरि पनि उहाँ (कमल थापा) आफ्नो अभिभावकको रुपमा नेताको रुपमा आउनुपर्छ, सजिलो होस् भनेर त्यो कोठालाई सुरक्षित राखेको हो ।’