९ कार्तिक २०८३, सोमबार

पूर्वसभापतिसहित कांग्रेसका कार्यकर्ताहरू एमालेमा प्रवेश

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका गाउँ पूर्वसभापतिसहित थुप्रै नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कालीकोट एमालेले अघि बढाएको पार्टी प्रवेश अभियानको क्रममा पूर्वसभापतिसहित उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

कालीकोट खाडाच्रक नगरपालिका–८ साविक पाँखा गाविसका नेपाली कांग्रेसका पूर्वसभापति मानबहादुर मल्ल एमाले प्रवेश गरेका हुन् । उनको साथमा काली बबहादुर मल्ल, बाटु मल्ल, नन्दबहादुर मल्ल, कृष्ण मल्ल, हर्षबहादुर मल्ल, तुलसी मल्ललगायत पनि एमाले प्रवेश गरेका छन् ।

मानबहादुरसहितका प्रवेशीहरूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित उनकै निवामा पार्टी प्रवेश गराएर आज सोमबार पार्टीमा स्वागत गरेका छन् ।