
काठमाडौं, २० मंसिर । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।
एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति प्रदर्शन गरे पनि काङ्ग्रेसले त्यसो नगर्ने देउवाको भनाइ छ । आज सोमबार बालुवाटारमा पत्रकारसँग कुराकानी गर्दै देउवाले ‘कोरोनाको अर्को भेरियन्ट ओमिक्रोनको आतंक तीव्र बनेकाले शक्ति प्रदर्शनतिर पार्टी नलाग्ने बताएका हुन् ।
पार्टीको महाधिवेशनमा शक्ति प्रदर्शन गर्नु राम्रो नभएको देउवाको टिप्पणी छ । कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा शुरू हुँदै छ ।















प्रतिक्रिया