१ कार्तिक २०८३, आइतबार

‘कामना सेवा फुट्सल कप २०२१’ आयोजना गर्दै कामना बैंक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । कामना सेवा विकास बैंकले ‘कामना सेवा फुट्सल कप २०२१’ आयोजना गर्ने भएको छ ।

‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ नारा दिएर बैंकले आगामी पुसको दोस्रोे हप्तामा पहिलो ‘कामना सेवा फुट्सल कप २०२१’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।

सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन ‘खेलपाटी डट कम’ले गर्ने छ भने भने अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल कमिटीमा रहने छ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइने बैंकले बताएको छ ।

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्यमा निरोगिता प्रवद्र्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्दै खेलमैत्री वातावरण निर्माण गर्न बैंकले सो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।