२ कार्तिक २०८३, सोमबार

शिव पलाँसको ‘माया गर्नुको अर्थ’ सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक भएको छ ।

जूम प्रविधिका माध्यममा हिजो आइतबार आयोजित ‘अनेसास शब्द–सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल र डा. ऋृषि बस्ताकोटीले गीतकार पलाँसको गीति सृजना र व्यक्तित्वकाबारे प्रकाश पारेका थिए ।

दीप श्रेष्ठ, रामकृष्ण ढकाल, शिशिर योगी, कर्णदास, प्रमोद खरेल, इन्दिरा जोशी, नवीन काफ्ले, अनिता घिमिरे, रमेश कडरिया, सुमन क्षेत्री, चन्दादेवी, भुवन केसीलगायत गायक गायिकाले गाइसकेका गीतहरुमा बीबी अनुरागी, अर्जुन पोखरेल,सञ्जु थापा, तेजेन्द्र गुरुङलगायतका संगीतकारले संगीत भरिसकेका गीतहरू पनि संग्रहित गरिएको छ ।

कार्यक्रममा रमेश पौडेल, हरिहर तिमल्सिना, गोवर्द्धन पूजा, नम्रता गुरागाईं, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ सरू, लक्ष्मी थापा, विमल गौतम, विष्णुबाबु देवकोटालगायतले गीतकार पलाँसलाई शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्यमा गीतकार पलाँसले आफ्नो गीति लेखनका बारेमा प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए भने गायक सञ्जु थापाले गीत प्रस्तुत गरेका थिए । आवरण प्रकाशनले प्रकाशन गरेको विमोचित कृतिको प्रकाशन आवरण प्रकाशनले प्रकाशित गरेको हो ।
सङ्ग्रहमा ८० वटा गीत संकलित छन् ।