२ कार्तिक २०८३, सोमबार

रिहा भइन् बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, २० मंसिर । विदेश जाने क्रममा मुम्बई विमानस्थलबाट पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ ।

मुम्बाई प्रहरीले ज्याकलिनलाई हिजो आइतबार बेलुकी मनी लाउन्ड्रिङ मुद्दामा पक्राउ गरेको थियो । प्रहरीले खोजेको बेला उपस्थित हुने शर्तमा ज्याकलिनलाई रिहा गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतको प्रवर्तन निर्देशालयले मनी लाउन्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन् ।

प्रवर्तन निर्देशालयले २०० करोडको मनी लाउन्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेपछि उनी फन्दामा परेकी हुन् ।

प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए ।