
विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।
तर, झिनो मत अन्तरले मात्रै पराजित भएका गुरुराज घिमिरेले भने पुनः मत गणनाको माग गरेका छन् । संस्थापनइतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएको बताएका छन् ।
मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेको भनाइ छ । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।















प्रतिक्रिया