३ कार्तिक २०८३, मंगलबार

भारतमा एकै दिन १७ जनामा देखियो कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २० मंसिर । छिमेकी मुलुक भारतमा एकै दिन १७ जनामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा राजस्थानमा ९ जना र महाराष्ट्रमा ८ जनामा ओमिक्रोन भाइरस देखिएको हो ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको बताइएको छ ।

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक/एक जनामा ओमिक्रोन देखिएको थियो ।

अहिलेसम्म अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित २५ वटा देशमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।