९ कार्तिक २०८३, सोमबार

कांग्रेस प्रदेश १ सभापतिमा देउवा–सिटौला समूहका उद्वव थापा दुई मतले विजयी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ मा संस्थापन पक्षको बर्चश्व कायम भएको छ ।

शनिबार भएको मतदानको अन्तिम मतपरिणाम सोमबार बिहान आउँदा देउवा–सिटौला समूहका उद्वव थापा दुई मतान्तरले विजयी भएका हुन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका छन् भने निकटतम प्रतिद्वन्द्वी पौडेल–कोइराला समूहका गुरु घिमिरेले ८४२ मत प्राप्त गरेका छन् ।

थापा कांग्रेस झापाका पूर्व सभापति हुन् भने घिमिरे नेविसंघका पूर्व सभापति तथा कांग्रेसका केन्द्रीय सदस्य भइसकेका छन् ।

यस्तै, उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । उनीहरूलाई क्रमश ८९१ र ८४७ मत प्राप्त भएको छ । निकटतम प्रतिद्वन्द्वी गोविन्द प्रसाद ढुंगाना (केदार)को ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) को ६६९ मत आएको छ ।

यस्तै, महामन्त्रीमा संस्थापन इतरका उमेश थापाले ८०३ मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै, संस्थापन पक्षका भुपेन्द्र राईले ८२४ मत ल्याई विजयी भएका छन् । सह–महामन्त्रीमा महिलातर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८३७ मत ल्याएर विजयी भएकी छन् भने इतरकी सीता कार्कीले ७९३ मत प्राप्त गरेकी छन् ।

यस्तै, सह–महामन्त्री खुल्लातर्फ खड्ग फागोले १ हजार २६ मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै, अर्का विजयी बिनोद कुमार बस्नेतले ७४७ मत प्राप्त गरि विजयी बनेका छन् ।