
काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर पुनले ८५२ मत प्राप्त गरेर विजयी भएका हुन् । पुनका प्रतिद्वन्द्वी शेरबहादुर देउवा पक्षका रुपन्देहीका भरत कुमार शाहले ७६७ मत प्राप्त गरे । नेतृत्व चुन्न हिजो भएको निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।
उप–सभापति पदमा अमरसिंह पुनको प्यानलका भुवन प्रसाद श्रेष्ठ ८४७ मत र शाह प्यानलका राजु खनालले ७९२ मत प्राप्त गरी विजयी भएका छन् । पुन पक्षका अष्टभुज पाठकले ७७२ मत प्राप्त गरे भने शाह पक्षका सुधाकर पाण्डेले ६६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै महामन्त्रीमा पुनकै प्यानलका दुबै जना बिक्रम खनालले ८४४ मत र सुरेन्द्रराज आचार्यले ८३९ मत प्राप्त गरि विजयी भएका छन् । शाह पक्षबाट महामन्त्री पदका उम्मेदवार बनेका खिमान सिंह रायमाझीले ६५१ मत र जन्मजय तिमल्सिनाले ७०९ मत प्राप्त गरेका छन् ।
यस्तै सह महामन्त्री (महिला) मा पुन समूहकी निमा गिरीले ८३० मत प्राप्त गरि विजयी भएकी छिन । शाह समूहकी सरीता चौधरीले ६८७ मत प्राप्त गरेकी छन् । खुल्ला तर्फका सह–महामन्त्रीमा पुन समूहका बिष्णु खनाल (मुस्कान) ले ८५९ मत र खगराज पाण्डेले ७७६ मत प्राप्त गरि विजयी भएका छन् ।
शाह समूहका लक्ष्मी नारायण शाहले ६७६ मत र माया पुनले ७०० मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया