२ कार्तिक २०८३, सोमबार

दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ अमेरिकामा आयोजना हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ ।

आयोजक हुकुम मल्टिमिडिया प्रा.लिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको बिभिन्न पक्षको जानकारी दिएको हो ।

नेपालमा निर्माण भएका आदिवासी जनजाती र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागको अवार्ड नेपाली नयाँ बर्ष अर्थात आगामी २०७९ बैशाख १ गते आयोजना हुनेछ ।

फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सम्पादक, नव अभिनेता, नव अभिनेत्री, छायाकार, खलकलाकार, कथा, ब्याकग्राउड म्युजिक, द्धन्द निर्देशक र नव निर्देशक गरेर बिभिन्न १३ बिधामा अवार्ड समेटिएको छ ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दर्शक डरका कारण हलसम्म आउँन नसकेको बताए । उनले सार्वजनिक यातायात, सपिङ सेन्टर भन्दा फिल्म हल दर्शकका लागि धेरै सुरक्षित रहेको बताए । उनले निर्धक फिल्म हेर्न आगैह समेत गरे ।

कार्यक्रममा कलाकार संघका पुर्व महासचिव एंव अभिनेत्री सरिता लामिछाने, बरिष्ठ चलचित्र निर्देशक ऋृषि लामिछानेले अवार्डले जनजातीको संस्कार जोगाउन थप टेवा पुग्ने बताउए ।

अवार्ड निस्पक्ष हुनुपर्ने धारणा उनीहरुले राखेका थिए । आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अवार्डले श्रष्ठा र सृजनाको रक्षा गर्ने बताए ।

हुकम मल्टिमिडियाले अवार्डको पहिलो संस्करण २०७६ माघ ८ गते थाइल्याण्डको पटैयामा आयोजना गरेको थियो । हरेक बर्ष नियमित आयोजना गर्ने उदेश्यले सुरु भएको अवार्ड कोरोना महामारीका कारण विचको बर्षहरुमा आयोजना हुन सकेन ।

बिस्तारै फिल्म क्षेत्र पहिलेकै गतिमा फर्किने अवस्थामा पुगेकोले अवार्डको आयोजना गर्न लागिएको हुकुम मल्टिमिडियाका अध्यक्ष धनबहादुर बम्जन (डिबि) ले बताए ।

‘आदिवासी जनजाति मातृभाषी फिल्महरु स्वदेशमा मात्र होइन विदेशमा पनि पुर्याउनु हाम्रो उदेश्य पनि हो’ बम्जन ‘अवार्ड फिम तथा फिल्मकर्मीको प्रचार प्रसार समेत हुनेछ ।’

आयोजक मल्टिमिडियाले अवार्डमा सहभागी फिल्मका लागि आवेदन समेत खुल्ला गरेको छ । आवेदनका लागि फारम आदिवासी जनजाती चलचित्र महांघको कार्यालय र हुकुम मल्टिमिडियाको कार्यलयबाट प्राप्त गर्न सकिने आयोजनाले जनाएको छ ।

अवार्डमा विकास बोर्ड, आदिबासी जनजाति चलचित्र महासंघ लगायत विभिन्न संघसंस्थाको समेत सहकार्य रहनेछ । त्यसै गरि अमेरिकाको स्थानिय व्यवस्थापनमा ‘द वल्ड नेपाल न्युज’ र ‘८८४८ पिक्चर्स डट कम’ लगायत बिभिन्न संघसंस्था पनि अवार्डमा जोडिएको आयोजकले जानकारी दियो ।

कार्यक्रममा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत थुप्रै कलाकर्मीको सहभागीता रहेको थियो ।