९ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सहमतिविना एमसीसी पेश गरिए पास हुन गाह्रो छ : सचिव महासेठ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका नवनिर्वाचित सचिव रघुवीर महासेठले राष्ट्रिय सहमतिविना अमेरिकी सहयोग एमसीसी पेश गरिए पास हुन गाह्रो रहेको बताएका छन् ।

यद्यपि, सरकारले एमसीसीको एजेण्डा संसद्मा ल्याएपछि मात्रै आफ्नो पार्टीले आधिकारिक धारणा बनाउने बताएका छन् । ‘पहिले सरकारले एमसीसी एजेण्डा ल्याओस, त्यसपछि मात्रै हामीले आफ्नो प्रतिक्रिया दिन्छौं । देश र जनताको अहित हुनेगरि कुनै पनि सम्झौता पास गर्न दिँदैनौं । देश र जनताको हितमा छ भने राम्रै कुरा हो । राष्ट्रिय सहमति गरेर एमसीसी सदनमा पेश भयो भने एउटा वातारण बन्छ, होईन राष्ट्रिय सहमति नगरी पेश भयो भने पास हुन गाह्रो छ,’ उनले भने ।

सचिव महासेठले वर्तमान सरकारले विदेश नीतिमा केही तयारी नगरेको आरोप दगाउँदै बिना तयारी अमेरिका, बेलायत र चीनबाट राजदूत फिर्ता गरे पनि तुरुन्तै राजदूत पठाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन् ।