२ कार्तिक २०८३, सोमबार

पुष्प खड्काले मिना कार्कीसँग गरे बिहे !

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ ।

गायक खड्काले यसअघि पनि थुप्रै गीतहरू बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सृजना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सृजनाले असंख्य श्रोता तथा दर्शकहरूको मन जितिसकेका छन् ।

पछिल्लो समय गायक खड्का र मिना कार्कीले नयाँ सागीतिक कोसेली ‘फुर्के रिबन’ श्रोता दर्शकमाझ लिएर आएका छन् । नेत्र अर्यालको शब्द सृजना रहेको गीतमा ऋषि खड्का गायक आफैले संगीत भरेका छन् भने श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा पुष्प खड्का र मिना कार्कीको अभिनय छ । भिडियोमा अन्य कलाकारहरुले पनि साथ दिएका छन् ।

भिडियोको दृश्य प्रकाश खड्काले छायांकन गरेका हुन् भने भिडियोमा कैद दृश्य उपत्यका र नेपालको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् ।

‘फुर्के रिबन’ बोलको गीत गायक ऋषि खड्काको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

https://youtu.be/evwx2RvD704