४ कार्तिक २०८३, बुधबार

जाजरकोटमा अज्ञात रोगबाट थप चार जनाको मृत्यु, मर्नेको संख्या १६ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_district

जाजरकोट, १ वैशाख । अज्ञात रोगका कारण गएराति यस जिल्लामा थप चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टालेगाउँ गाविस वडा नं ३ का ५० वर्षीया लक्ष्मी नेपाली, वडा नं ५ का ५५ वर्षीया धनकला दमाईं, वडा नं ६ का ५१ वर्षीय हस्ते कामी र वडा नं २ का ६१ वर्षीया महेश्वरा सिंह रहेको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख प्रेमा लामाले जानकारी दिनुभयो ।

मङ्गलबार मात्र १८० जना बिरामी उपचारका लागि अस्पताल ल्याइएको छ । बिरामी राख्ने ठाउँ नभएका कारण खुला चौरमा राखेर उपचार गर्न बाध्य भएको लामाको भनाइ छ ।

बिरामीहरुमध्ये श्वासप्रश्वाससम्बन्धी रोगी बढी भएको उहाँको भनाइ छ । स्वास्थ्यकर्मीको सङ्ख्या बढाउनुपर्ने लामाको माग छ । रासस