
काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि इन्द्रबहादुर बानियाँ र जगदिश्वर नरसिंह केसीबीच पुनः निर्वाचन हुने भएको छ ।
हिजो शनिबार भएको निर्वाचनमा सभापति पदका तीनै जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको हो ।
पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना बानियाँ र केसीबीच पुनः निर्वाचन हुने छ ।















प्रतिक्रिया