
काठमाडौं, १८ मंसिर । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुशील पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस न’मा नायक भुवन केसी र मोडेल सृष्टि खड्काको अभिनय समावेश गरिएको छ ।
प्रेमिल शैलीको उक्त गीतको भिडियोमा नायक केसी मैसाव सृष्टिलाइ भेट्न घोडचडीदेखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।
‘घरमा आइसियोस न’ गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट छ । सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन छ ।















प्रतिक्रिया