
काठमाडौं, १८ मंसिर । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।
एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रबार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन् ।
प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ । भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन् । तर नेपालमा अहिलेसम्म यो भेरियन्ट आइपुगेको जानकारी छैन ।
कोरोना भाइरसको व्यापक उत्परिवर्तित स्वरूप ओमिक्रोन बढी सङ्क्रामक छ वा यसले खोपलाई छल्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
‘हामी कति चिन्तित हुनुपर्छ ? हामी तयार अनि सतर्क रहनुपर्छ, आत्तिने होइन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौँ,’ वैज्ञानिक सौम्या स्वामीनाथन भनिन् ।
डब्ल्यूएचकोका आपत्कालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा अहिले कोभिड–१९ विरुद्ध ‘निकै प्रभावकारी खोपहरू’ उपलब्ध भएका र व्यापक रूपमा खोप वितरण गर्ने विषयमा ध्यान केन्द्रित गरिनुपर्ने बताएका छन् ।















प्रतिक्रिया