९ कार्तिक २०८३, सोमबार

एकैदिन ३९२ जना संक्रमित कोरोना संक्रमणमुक्त, २३८ जना संक्रमित थपिए

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३९२ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार १०८ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ८ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४० जना पुगेको छ ।

बितेको २४ घण्टामा देशभर ५ हजार २९५ जनाको आरटी–पीसीआर गर्दा २२० जना र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी आज २३८ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४६ लाख ५२ हजार ६८५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६ हजार ७४४ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।