९ कार्तिक २०८३, सोमबार

२४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ५ हजार २९५ जनाको आरटी–पीसीआर गर्दा २२० जना र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी आज २३८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार १०८ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ८ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४६ लाख ५२ हजार ६८५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६ हजार ७४४ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।