
काठमाडौं, १८ मंसिर । निर्धारित समयभन्दा करिब १ घण्टा ढिलो गरी शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि राति १० बजेसम्म मतदान हुने भएको छ ।
आज शनिबार बिहान ११ बजेदेखि शुरू गरिने भनिएको मतदान १२ बजेदेखि शुरू भएको हो । महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले मततदान जारी छ । जारी मतदानका लागि महिला र पुरूषको छुट्टाछुट्टै लाइन बसाइएको छ ।
निर्वाचन समितिका अनुसार एक जनालाई मतदान गर्न १०–१५ मिनेटसम्म लागेको छ । अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि इलेक्ट्रोनिक बुथ राखिएको छ । एक पटकमा ८६ जनाले भोट हाल्न सकिने गरी ८६ वटा मतदान बुथ राखिएको निर्वाचन समिति सदस्य राजु बस्नेतले बताए ।
मतदान सकिएलगत्तै गणना सुरू गर्ने र राति १ बजेभित्र सबै परणाम सार्वजनिक गर्ने तयारी निर्वाचन समितिको छ ।















प्रतिक्रिया