
काठमाडौं, १६ मंसिर । चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ ।
‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर चलचित्र बनाउन लागेका हुन् । चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायत कलाकार फाइनल भएका छन् ।
चलचित्रका लागि अझै केही कलाकार छनोटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनोट हुने निर्देशक बस्नेतले बताए । ‘प्रतिभा भएर पनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भने ‘अडिसनले चलचित्र क्षेत्रमा नयाँ तथा प्रतिभावान व्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ चलचित्रको करिव आधादर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको उनको भनाइ छ ।
निर्देशक बस्नेतका अनुसार चलचित्रका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिने छ ।

कलाकार छनोटका लागि अडिसन आगामी शनिबार अर्थात मंसिर १८ गते कान्तिपुर चलचित्र एकेडेमीमा बिहान ११ः३० बाट राखिएको चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । अडिसन चलचित्रमा करियर बनाउन चाँहने जो कोहीले दिन सक्ने छन् ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
ठुलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले चलचित्रको नाम लागेको जुराइएको हो’ निर्देशक बस्नेते भने । चलचित्रको छायाँकन पुसबाट सुरु हुने छ ।















प्रतिक्रिया