४ कार्तिक २०८३, बुधबार

विपक्षी मोर्चालाई सञ्चारमन्त्रीको आग्रह-‘नयाँ वर्षमा मिलेर संविधान बनाउ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharan-1

– सन्तोष काफ्ले
धरान, ३० चैत । नेपालमा भएका जुनसुकै बर्ग, धर्म, समुदाय र जातिमा समेत महिलामाथि हुने भेदभाव हट्न नसकेको सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले बताउनुभएको छ ।

मन्त्री रिजालले आज धरानमा आयोजित विश्वकर्मा युवा समाज धरानको नवगठित कार्यसमितिलाई शुभकामना दिने क्रममा यस्तो बताउनु भएको हो ।

उहाले जुनसुकै जातजाति, समुदाय र धर्ममाहुने भेदभाव विरुद्ध सबैले घरबाटै पहिलो कदम चाल्नुपर्ने बताउनु हुदै विश्वकर्मा युवाहरुले यो संस्था गठन गरेर आफ्नो आफ्नो आवाजलाई बुलन्द बनाउनु खोज्नुभएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।

मन्त्री रिजालले देशको राजनीतिक अवस्था अहिले अत्यन्तै गम्भीर मोडमा भएको बताउनुहुदै जस्तो सुकै अवस्थामा पनि मुलुकलाई चाडो भन्दा चाडो संविधान दिन आवश्यक भइसकेको बताउनुभयो ।

dharanउहाँले अब बन्ने संविधानमा सबै जातजाति, जनजाति, धर्म, लिंग र समुदायको सम्बोधन हुने खालको संविधान निर्माण गर्नुपर्ने अभिभारा राजनीतिक दलहरुको काधमा आएकोले आन्दोलन, धर्ना जस्ता कार्य भन्दापनि सबै मिलेर संविधान निर्माण गर्नु सबैभन्दा उत्तम भएको बताउनुभयो । उहाँले विपक्षी आन्दोलरत मोर्चालाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्दै सरकार संविधान निर्माणका सवालमा हँदै लचकता अपनाउने समेत स्पष्ट पार्नुभयो ।

यस्तै दलित नेताहरुले भने सदियौदेखि दलितका मुद्धालाई खाली कागजमा मात्र समेट्ने गरेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै दलित सेवा संघका केन्द्रीय सह अध्यक्ष रमेश गजमेरले दलितको पहुँच अहिलेसम्म सरकारसम्म पुग्न नसकेको प्रति आक्रोश व्यक्त गर्नुभयो । उहाले सरकारमा जहिल्यै व्राम्हणवाद सोच भएका नेताहरु पुग्ने गरेका कारण दलितको मुद्दालाई उठाउनका लागि दलित नै सरकारमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

धरान ८ लांगाली सामुदायिक वन उपभोक्ता समूहको भवनमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा दलितका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

समाजकाअध्यक्षयुवराजशंकर विश्वकर्माको अध्यक्षतामाभएको सो कार्यक्रममानवनिर्वाचितकार्यकर्ताहरुलाई प्रमुखअथिति समेत रहनु भएकामन्त्री रिजालले अविर लगाएर स्वागत समेत गर्नुभएको थियो । कार्यक्रममाविभिन्न राजनीतिकदल, आदिवासीजनजातिमहासंघका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।