८ कार्तिक २०८३, आइतबार

एमाले महासचिव पोखरेलद्वारा मदन-आश्रितको शालिकमा माल्यार्पण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दासढुंगा, मंसिर १६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन-आश्रितको शालिकमा माल्यार्पण गरेका छन् ।

दशौं राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले हिजो बुधबार चितवनको दासढुंगामा रहेको मदन-आश्रिततको शालिकमा माल्यार्पण गरेका हुन् ।

जनताको बहुदलीय जनबाद (जबज) एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको शालिकमा माल्यार्पण गर्दै महासचिव पोखरेलले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प गरेका छन् ।

बदलिदो राजनीतिक परिवेशमा जबजको सान्दर्भिकता बढेर गएको भन्दै महासचिव पोखरेलले जबजको मर्म अनुसार नै एमाले अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

दशौं महाधिवेशनस्थल सौराहाबाट दासढुंगा पुगेका पोखरेलले जनतालाई खुशी र सुखी बनाउन सके मात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने बताएका छन् । उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य शुजिता शाक्यलगायतले मदन आश्रितको शालिमा माल्यार्पण गरेका थिए ।

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा मृत्यु भएको थियो । उनीहरू चढेको जीप त्रिशूली नदीमा खसेको थियो ।