१ कार्तिक २०८३, आइतबार

युभेन्टस इटालियन सिरी ‘ए’ फुटबलको लयमा फर्कियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १५ मंसिर । युभेन्टस इटालियन सिरी ए फुटबलमा जितको लयमा फर्किएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले पुछारको क्लब सालेर्नितानालाई २–० ले पराजित गरेको हो ।

युभेन्टसका लागि २१ औँ मिनेटमा पाउलो डिबाला तथा ७० औँ मिनेटमा अल्भारो मोराताले गोल गरेका हुन् । डिबालाले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

युभेन्टसले यसअघि भएका खेलमा चेल्सीसँग ४–० तथा एट्लान्टासँग १–० को हार बेहोरेको थियो। मंगलबार राति भएको खेलमा जित निकालेर युभेन्टसले हारको क्रम तोडेको हो ।

जितपछि सातौँ स्थानको युभेन्टसको १५ खेलबाट २४ अंक भएको छ ।