९ कार्तिक २०८३, सोमबार

२४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु, २५६ जना संक्रमणमुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ४ हजार ३२९ जनाको आरटी–पीसीआर गर्दा २४५ जना र २ हजार १४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी आज २५५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २१ हजार ३६६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५२६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५६ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ९०९ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ७ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४६ लाख २२ हजार ५६० जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६ हजार ९३१ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।