
काठमाडौं, १४ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा बाधक देखिएका चारै जना नेताहरू पदाधिकारीमा पराजित भएका छन् ।
एकताको सन्देश दिन भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची बन्दसत्रमा पेश गरेका थिए । तर, उक्त सूचीप्रति असहमति जनाउँदै निर्वाचन गर्नैपर्ने अडान लिएका नेताहरू डा. भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्की अन्ततः निर्वाचनमार्फत पराजित भएका छन् ।
पराजित नेता डा. भीम रावलले केपी ओलीसँग प्रतिस्पर्धा गर्दै अध्यक्षमा, घनश्याम भुसाल सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसँग प्रतिस्पर्धा गर्दै उपाध्यक्षमा पराजित भएका छन् ।
त्यस्तै भीम आचार्य र टंक कार्कीले गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई, लेखराज भट्ट, रघुवीर महासेठ, टोपबहादुर रायमाझीसँगको प्रतिस्पर्धामा पराजित भएका हुन् ।















प्रतिक्रिया