८ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गर्दा चारै नेता पराजित

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ मंसिर । नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयनको प्रस्तावित सूचीलाई अस्वीकार विभिन्न पदमा उम्मेदवार दिएका नेताहरु पराजित भएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् ।

उनीहरुमध्ये रावलले जम्मा खसेको मत २०९६ मा २१३ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षका उम्मेदवार भुसालले ७२५ मत हासिल गरेका छन् भने सचिवमा लडेका भीम आचार्यले १३०० र टंक कार्कीले ५०० मत प्राप्त गरेर पराजित भएका हुन् ।