
चितवन, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा भारी मतसहित केपी शर्मा ओली निर्वाचित भएका छन् ।
चितवनमा मंसिर १० देखि १२ गतेसम्म भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुनः ४ वर्षे कार्याकालका लागि ओली निर्वाचित भएका हुन् ।
ओलीले १८०८ मतसहित विजय हासिल गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २१३ मत पाएका छन् ।
निर्वाचन समितिले भने केहीबेरमा औपचारिक घोषणा रुपमा मत परिणाम सार्वजनिक गर्ने जनाएको छ ।















प्रतिक्रिया