
काठमाडौं, १४ मंसिर । नयाँ नेपाली चलचित्र ‘फिदा’को छायाङ्कन शुरू भएको छ ।
मंसिर १० गतेदेखि फ्लोरमा गएको यो चलचित्र हाल छायाङ्कनमा रहेको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले जानकारी दिएका छन् । मोहन गमलाको प्रस्तुति रहने यो चलचित्रमा कालू पाण्डे शरदको निर्माण रहने छ ।
चलचित्रमा विश्वास भण्डारीको छायाङ्कन, राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जली थापाको सम्पादन रहने छ ।
राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीले यो चलचित्रमा अभिनय गरिरहेका छन् ।















प्रतिक्रिया