– रबिना बोहरा
बागलुङ, ३० चैत । बर्षातको पानीसँगै बागलुङ बजारका विभिन्न ठाउमा बाटो बिग्रिदा आवत जावत गर्ने व्यक्तिहरु एवं यात्रुहरु समस्यामा परेका छन् ।
बागलुङ बजारमा पानी परेसँगै बजारका विभिन्न सडकहरु हिलाम्मे भएका छन् भने कतिपय ठाउमा खाल्डा खुल्डीले यात्रुलाई मारमा पारिरहेको छ । यतिबेला बागलुङ बजारको हल्लनचोक, समिक्षालय चोक लगायतका चोकमा बाटो विग्रिएको छ ।
समिक्षालय चोक हुदै बजारका विभिन्न चोकमा खाल्डाखुल्डी एवं हिलाम्मे हुदा साईकल, मोटरसाईकल तथा पैदल हिड्न समेत अप्ठ्यारो भैरहेको छ ।
पानी पर्दाको समयमा हिलोका कारण बाटो बिग्रिदा अत्यावश्यक एम्बुलेन्स लगायतका सवारी साधन चलाउन समेत गाह्रो भएको छ ।
सडक निर्माणमा सरकारी निकायको नजर त्यहा सम्म नपुग्दा पनि बाटो मर्मत हुन सकेको छैन । यसरी बाटो नै बिग्रिदा सवारी साधन आवतजावत गर्न समेत कठिन भएको एक सवारी चालकले बताउनुभयो ।
धौलागिरी अञ्चलकै सदरमुकाम बागलुङ जिल्लाको मुख्य सडक समेत यसरी बिग्रिदा सरोकारवाला निकायले चासो देखाउन सकेन भने ग्रामिण भेगमा सडक बन्नै नसक्ने एक स्थानीय सुनिता थापाको भनाई थियो ।
















प्रतिक्रिया