काठमाडौं, १३ मंसिर । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनवाट पूर्वमाओवादी नेता प्रभु साह केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचना अनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह निर्विरोध निर्वाचित भएका हुन् ।
उनीसँगै प्रदेश २ का पुरुष कोटाबाट अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल र महिला कोटाबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार तथा रेखा कुमारी झा पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस