
काठमाडौं, १३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ७ हजार २३१ जनाको आरटी–पीसीआर गर्दा २४३ जना र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी आज २५९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५२४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ७ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४६ लाख १८ हजार जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६ हजार ९४४ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया