१९ कार्तिक २०८३, बिहिबार

लम्बियो एमाले महाधिवेशन, मंगलबार मात्रै सकिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेको दशौँ महाविधेशन लम्बिएको छ ।

शनिबारको बन्दसत्रदेखि नै सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा लागेकाले आइतबारको बन्दसत्र निकै ढिलो सुरु भयो । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय सदस्यहरुको नाम पेश गरेका छन् । प्रस्ताव गरिएको नाममा चित्त नबुझे नाम दर्ता गर्न समेत उनले आग्रह गरे ।

उता आइतबार राती केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको तालिका सार्वजनिक गरेपछि अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दिएका छन् । त्यस्तै, केन्द्रीय सदस्यमा झापाका दुर्गा प्रसाईँले पनि उम्मेदवारी दिने बताएका छन् ।

यसरी विभिन्न पदमा उम्मेदवारी दिएको खण्डमा निर्वाचन अनिवार्य हुनेछ । निर्वाचन आयोगको सूचनाअनुसार निर्वाचन सोमबार बेलुका ९ बजेदेखि मंगलबार विहान ३ बजेसम्म तोकिएको छ । यसअघि आइतबार नै समापन गरिने बताइएकाे थियाे ।