
काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन आइतबार नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डलको बैठक बसिरहेको छ ।
अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र बस्ने बताइएको छ । विहानै हुने भनिएकाे बन्दसत्र राती पाैने १२ बजेसम्म पनि सुरु भएकाे छैन । यद्यपि सर्वसम्मत नेतृत्व चयनको कसरतमा लागेका नेताहरुले त्यसैलाई मूर्तरुप दिन लागेका हुन् ।
अहिले बैठक चलिरहँदा यता महाधिवेशन प्रतिनिधिहरु भने बन्दसत्र हलमा शीर्ष नेताहरुलाई कुर्दै बसिरहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यहरु लगायतको नामावली तयार गरेका छन् ।















प्रतिक्रिया